• २०८३ असोज १ बिहीबार

काठमाडौंमा ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौंमा ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकाभित्र संघीय सडकमा देखिएका समस्या तथा बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । अब नागरिकले एपमार्फत सडक मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन् ।

दर्ता गरिएको गुनासोको अवस्था र समाधान प्रक्रिया एपमार्फत हेर्न सकिनेछ भने गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत प्राप्त हुनेछ ।

हाल उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४ सय ७२ किलोमिटर सडकबारे गुनासो तथा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। संघीय सडकअन्तर्गत नपर्ने सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी पनि एपमार्फत उपलब्ध गराइनेछ ।

एपलाई आगामी दुई साताभित्र ललितपुर र भक्तपुरमा विस्तार गर्ने तथा क्रमशः देशभर सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन काठमाडौंले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै