• २०८३ भदौ ३१ बुधबार

संघीय संसदका तीन समितिको बैठक बस्दै

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । विहिबार प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको 

त्यस्तै, आज बिहान साढे ८ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा जलवायू परिवर्तन सम्बन्धमा विषय विज्ञहरूसँग र संयुक्त राष्ट्र सङ्घीय महासभामा रराष्ट्रमन्त्रीको सहभागिता सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी, विहान ११ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै, आज विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कुटनीतिक प्रवर्द्धन सम्बन्धमा निम्नानुसारका विषयमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै