• २०८३ भदौ ३१ बुधबार

मुस्ताङमा मिनिबस दुर्घटना, १२ भारतीय पर्यटक घाइते

मुस्ताङमा मिनिबस दुर्घटना, १२ भारतीय पर्यटक घाइते

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–मुक्तिनाथ सडकखण्डमा मिनिबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

मुक्तिनाथबाट कागबेनीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६०९ नम्बरको मिनिबस अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा चालक र सहचालकसहित २५ जना सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरूको प्रदेश अस्पताल, जोमसोममा उपचार भइरहेको छ । अन्य १२ जना यात्रुको अवस्था सामान्य रहेको र उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कागबेनीबाट प्रहरी सहायक निरीक्षक रुकबहादुर थापा तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरेको थियो ।

बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१५ का करिब ४४ वर्षीय रुपेन थापालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै