• २०८३ भदौ ३१ बुधबार

प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरुको भेटवार्ता

प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरुको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार र बाढी प्रभावित नागरिकप्रति जापानले देखाएको सद्भाव, सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए ।

राजदूत तोरुले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा जापानले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेटवार्तामा नेपाल–जापानबीच भइरहेको सहकार्य तथा आपसी सम्बन्धका विभिन्न पक्षबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै