• २०८३ भदौ ३१ बुधबार

चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार- सञ्चारमन्त्री तिमिल्सिना

चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार- सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

अस्करको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’को टोलीसँगको भेटमा उनले कला, संस्कृति र राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रलाई सरकारले प्रोत्साहन गर्ने बताए ।

सरकारले चालु आर्थिक वर्ष चलचित्र क्षेत्रका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान छुट्याएको छ। चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने कार्यविधि अन्तिम चरणमा रहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

उनले चलचित्र विधेयकमार्फत आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाउने तयारी भइरहेको पनि बताए। अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू–एलिफेन्ट्स इन द फगतिनीहरू’ यसअघि कान्स चलचित्र महोत्सवमा समेत पुरस्कृत भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै