काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार आयोगको वार्षिक प्रतिवेदन संवैधानिक व्यवस्थाअनुसार पेश गरिएको हो ।









