• २०८३ भदौ ३१ बुधबार

फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी

फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री सोबिता गौतमले फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐतिहासिक विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी भइरहेको बताएकी छन् ।

उनले सडक, नदी, बस्ती तथा सार्वजनिक स्थलमा बढ्दै गएको फोहोरले नेपालको प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यमा चुनौती थपिएको बताएकी छन् ।

प्रस्तावित विधेयकले फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित गर्ने उनले जानकारी दिएकी छन् । यसमा फोहोर उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, सङ्कलन तथा ढुवानी, प्रशोधन, पुनःप्रयोग र पुनःप्रशोधनका विषय समेटिनेछन् ।

त्यस्तै, फोहोरबाट मल, ग्यास तथा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनको व्यवस्थासमेत विधेयकमा गरिनेछ । शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता आधुनिक अवधारणालाई पनि कानुनी रूपमा समेटिने मन्त्री गौतमले बताएकी छन् ।

उनले फोहोर उठाउनु मात्र समाधान नभएको बताउँदै उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गर्नुपर्नेमा जोड दिएकी छन् । प्रस्तावित विधेयक स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणतर्फ महत्वपूर्ण कानुनी कदम हुने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै