• २०८३ भदौ २९ सोमबार

रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह

रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह

काठमाडौँ । रूस–युक्रेन युद्धको असर विश्व इन्धन बजारमा देखिन थालेको छ । अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूसी तेल प्रशोधन केन्द्रमा डिजेल उत्पादन प्रभावित हुने गरी हमला नगर्न आग्रह गरेका छन् ।

युक्रेनले पछिल्ला महिनामा रूसी तेल प्रशोधन केन्द्रमा ड्रोन हमला बढाएपछि रूसको इन्धन उत्पादन प्रभावित भएको छ । यसले रूसभित्रै इन्धन अभाव बढाउनुका साथै विश्व बजारमा पनि आपूर्ति चिन्ता थपेको छ ।

यसैबीच कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ। पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १०७.६१ डलर प्रतिब्यारेल र अमेरिकी डब्ल्युटीआई १०२.५३ डलर प्रतिब्यारेल पुगेको छ । पछिल्लो एक सातामै ब्रेन्टको मूल्य करिब ९ प्रतिशतले बढेको छ ।

मध्यपूर्वमा तेल पूर्वाधारमाथि भएका हमला र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द हुनुले आपूर्ति संकटको चिन्ता थपेको छ । विज्ञहरूले विश्व बजारमा आपूर्तिको दबाब कायम रहे तेलको मूल्य अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।

महँगो तेल र डिजेलको असर यातायात, कृषि तथा उत्पादन लागतमा पर्ने भएकाले आगामी दिनमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने जोखिम देखिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै