• २०८३ भदौ २८ आइतबार

इण्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानी जहाज सम्पर्कविहीन

इण्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानी जहाज सम्पर्कविहीन

काठमाडौँ । खराब मौसमका कारण जाभा सागरमा २४० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक पानी जहाज सम्पर्कविहीन भएपछि इन्डोनेसियाली अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन् ।

इन्डोनेसियाको खोज तथा उद्धार निकायका अनुसार भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियोस्थित दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ प्रस्थान गरेको थियो । त्यसपछि जहाजसँग सम्पर्क टुटेको हो ।

जहाजमा कति यात्रु र चालक दलका सदस्य थिए भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। उद्धार निकायले जहाजको अन्तिम अवस्थिति एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ ।

करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा एक द्वीपबाट अर्को द्वीपमा आवतजावतका लागि पानीजहाजमा ठूलो निर्भरता छ । तर सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ पानीजहाज दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै