• २०८३ भदौ २७ शनिबार

एनभीएलको फाइनलमा आज कर्णाली र अन्नपूर्ण भिड्दै

एनभीएलको फाइनलमा आज कर्णाली र अन्नपूर्ण भिड्दै

काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेल आज हुदैछ ।

फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा हुने तालिका छन् ।

शुक्रबार सम्पन्न प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।

त्यस्तै अन्नपूर्ण भने समुह चरणको खेलमा शिर्ष स्थानमा रहदै सिधै फाइनलमा पुगेको हो । यस अघि समुह चरणमा भएको खेलमा भने कर्णाली शिवराजले अन्नपूर्णलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै