• २०८३ भदौ २६ शुक्रबार

कर्णाली शिवराज एनभीएलको फाइनलमा

कर्णाली शिवराज एनभीएलको फाइनलमा

काठमाडौं । कर्णाली शिवराज जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो ।

कर्णालीले काठमाडौँ रेड्सलाई २५-२१, २०-२५, २५-२३ र २५-२२ को सेटमा पराजित गरेको हो । यो हारसँगै काठमाडौँ रेड्स प्रतियोगिताबाट बाहिरिएको छ ।

अब फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा हुने तालिका छन् ।

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै