• २०८३ भदौ २६ शुक्रबार

रास्वपाको 'राइट टु रिकल' सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन

रास्वपाको 'राइट टु रिकल' सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

पार्टीको २०८३ भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिले जनप्रतिनिधिलाई मतदाताले कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्नेछ ।

समितिको संयोजकमा विपिनकुमार आचार्य रहेका छन्। सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् ।

रास्वपाले समितिलाई ‘राइट टु रिकल’ सम्बन्धी विषयमा आवश्यक अध्ययन तथा छलफल गरी पार्टीको धारणा र प्रस्तावलाई दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी दिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै