• २०८३ भदौ २५ बिहीबार

युएई एसीसी प्रिमियर कपको फाइनलमा

युएई एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ । युएई मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न सेमिफाइनल खेलमा युएईले हङकङ चाइनालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

हङकङ चाइनाले दिएको केवल ७१ रनको लक्ष्य पछाएको युएईले ११.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको हङकङ चाइनाले हैदर अलीको घातक बलिङको अगाडी ३०.१ ओभरमा अल आउट हुदै ७० रन मात्र बनाएको थियो । अलीले ६ विकेट लिएका थिए ।

अब शनिबार हुने फाइनल खेलमा युएईले नेपाल र ओमानबीचको विजेतासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै