काठमाडौँ । इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै पुनः मिसाइल हमला गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
इरानको रिभोलुसनरी गार्डले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य अड्डालाई मिसाइलले निशाना बनाएको थियो । यसअघि जोर्डनले इरानबाट प्रहार गरिएका २० मध्ये १८ वटा मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको थियो ।
यसैबीच इरानले अमेरिकी युद्धपोत र अमेरिकी सम्बन्ध भएका तेल ट्यांकरलाई समेत निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको हमलाको जवाफमा इरानका पाँच तेल ट्यांकरमा आक्रमण गरेको जनाएको छ ।
इरान र अमेरिकाबीच पछिल्लो एक सातामा तनाव बढ्दै गएपछि विश्व बजारमा समेत असर परेको छ । एसियाली बजारमा कच्चा तेलको मूल्य बढेको बताइएको छ ।









