• २०८३ भदौ २४ बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने भएकी छन् । बैठकमा मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेस गर्नेछिन्। साथै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, मन्त्री गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि प्रतिनिधिसभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै