काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले मधेश वारियर्सलाई ३-१ ले पराजित गरेको छ ।
अन्नपूर्ण स्पाइकर्सले मधेश वारियर्सलाई २५-१६, २९-३१, २५-२२ र २५-२१ को सेटमा जितेको हो ।
अन्नपूर्णको यो दोस्रो जित हो । अन्नपूर्णले खेलेको ३ खेलमा २ जित र एक हार बेहोरेको छ । त्यस्तै मधेश वारियर्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
एनभीएल अन्तर्गत आज साँझ ७ बजे सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच खेल हुदैछ ।









