• २०८३ भदौ २२ सोमबार

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ

रामेछाप । वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

भदौ १८ गते राति खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छी माया तामाङलाई नकाबधारी समूहले हात बाँधेर, मुख थुनी तथा आँखामा पट्टी लगाएर नियन्त्रणमा लिई घरमा रहेको नगद तथा गरगहना लुटेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट सिन्धुलीका २५ वर्षीय सुमन जर्घा मगर, रामेछापका ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाका ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, गरगहना तथा अन्य सामान बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकाहरू अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै