• २०८३ भदौ २१ आइतबार

चलचित्र 'बेहुली' को ट्रेलरमा पिताको गेटअपमा दिव्या

चलचित्र 'बेहुली' को ट्रेलरमा पिताको गेटअपमा दिव्या

काठमाडौँ । तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, वियोग, हाँसो, रोदन र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा देखिएका छन् । दिव्यालाई आफ्नै पिता दिलीप रायमाझीको गेटअपमा देखाइएको र उनी उनी हुबहु पिता जस्तै देखिएकी छन् । 

शशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरीलगायत कलाकारको अभिनय छ। सुशान्तले करिब आठ वर्षपछि यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गरेका हुन् ।

ट्रेलर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै