• २०८३ भदौ २१ आइतबार

साउदी अरेबियामाथि नेपाल ५ विकेटले विजयी, लगातार तीन जितसहित सेमिफाइनलमा

साउदी अरेबियामाथि नेपाल ५ विकेटले विजयी, लगातार तीन जितसहित सेमिफाइनलमा

काठमाडौं । नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले अविजित ४४ रन बनाएका थिए भने इशान पाण्डेले ४०, देव खनालले ३९, रोहित पौडेलले २४, असिफ सेखले २० र अर्जुन कुमालले १५ रन बनाएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशीले २ तथा शेर मल्ल र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल लगातार तीन खेल जितेर सेमिफाइनलमा पुगेको छ । साउदी अरेबिया भने ४ खेलमा एक जित र ३ हारसहित बाहिरिएको छ । नेपालले अब लिग चरणमा चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै