काठमाडौँ । जारी नेपाल भलिबल लिगमा सगरमाथा स्मासर्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा सगरमाथाले खप्तडलाई २५–१८, २५–१८ र २५–१९ ले हराएको हो ।
यो प्रतियोगितामा सगरमाथाको दोस्रो जित हो । यसअघि उसले मधेश वारियर्सलाई पराजित गरेको थियो । शनिबारकै अर्को खेलमा काठमाडौँ रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताअन्तर्गत आइतबार कर्णाली शिवराज अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुनेछ ।









