• २०८३ भदौ २१ आइतबार

परेवाभिरमा मर्मत गर्न पृथ्वी राजमार्गको आजपनि साँझसम्म बन्द

परेवाभिरमा मर्मत गर्न पृथ्वी राजमार्गको आजपनि साँझसम्म बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको सडक मर्मत कार्य नसकिएपछि आज आइतबार पनि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मर्मत कार्य अधुरै रहेकाले आज आइतबार पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

यसअघि शनिबारका लागि तोकिएको बन्दको समयसीमाभित्र मर्मत कार्य सम्पन्न नभएपछि सडक बन्दको अवधि थप एक दिन लम्ब्याइएको जिल्ला प्रशासनले उल्लेख गरिएको छ । तोकिएको बन्दको समयमा एम्बुलेन्स र शववाहन जस्ता अति आवश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन गर्न पाइनेछन् ।  

सडक बन्दका कारण यात्रामा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गर्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै