• २०८३ भदौ २० शनिबार

परिवारले अन्तिम संस्कार गरेपछि भेटिएकी चण्डिका

परिवारले अन्तिम संस्कार गरेपछि भेटिएकी चण्डिका

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ ।

परिवारले भने उनी नभेटिने भन्दै आठौ दिनको दिन गुहेश्वरीमा कुशको शव बनाएर जलाएर सानोभर्याङमा रहेको घरमा काज क्रिया गरेको चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले जानकारी दिएका छन् । आफ्नो मनले नमानेपनि खोज्दा नभेटिएकाले काजक्रिया गरेको उनले भक्कानिदै बताए । 

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो । चण्डिकाका पति आनन्द श्रेष्ठ भने अझै सम्पर्कविहिन रहेका छन् ।

प्रहरीको टोली कोहि छ की भन्दै खोजेर जानेक्रममा सो घरबाट आवाज आएको सुनेपछि उनलाई उद्धार गरीएक थियो । सो तीन तले घरको माथिल्लो तलासम्मनै लगभग पुरिएको अवस्था रहेको थियो ।

उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत छाउनीस्थित नेपाली सेनाको अस्पताल लागिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै