• २०८३ भदौ १९ शुक्रबार

कृष्णभीर पहिरोमाथिबाट नयाँ सडकको बाटो खोल्न सुरु

कृष्णभीर पहिरोमाथिबाट नयाँ सडकको बाटो खोल्न सुरु

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानभन्दा माथिल्लो भागबाट नयाँ सडकको बाटो खोल्ने काम सुरु गरिएको छ ।

हालसम्म दुवैतर्फ गरी करिब ५० मिटर प्रारम्भिक बाटो खनिएको छ । उक्त बाटोबाट अहिले उत्खनन गर्ने मेसिन आवतजावत गर्न मिल्ने गरी काम भइरहेको र तोकिएको योजनाअनुसार सावधानीपूर्वक बाटो खोल्ने काम अघि बढाइएको छ ।

सडक विभागका अनुसार करिब ३७० मिटर नयाँ बाटो खोल्नुपर्नेछ। पहिरो गएको स्थानको अवस्थाअनुसार २७ मिटरसम्म माथिल्लो भागबाट नयाँ बाटो खोल्न लागिएको हो ।

नयाँ सडक करिब ७ मिटर चौडाइको बनाउने गरी काम भइरहेको छ । बाटो खोल्न बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो ।

सडक विभागले यातायात सञ्चालन सहज बनाउन नयाँ बाटो खोल्ने कामलाई तीव्रता दिइएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै