• २०८३ भदौ १७ बुधबार

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार बारे नेपाली सेनाले के भन्यो ?

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार बारे नेपाली सेनाले के भन्यो ?

काठमाडौँ । रसुवामा आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितका संयुक्त टोली परिचालन गरिएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको २७५ सदस्यीय टोलीले सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ । उद्धार कार्य तीव्र बनाउन भारी उपकरण तथा खन्ने मेसिन सुरुङ क्षेत्रमा पुर्‍याउने तयारी भइरहेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशीसमेत २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरिरहेको छ । चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोली १५० मिटरसम्म पुगेकोमा सुरुङ बन्द अवस्थामा फेला परेको छ । त्यहाँ ध्वनि पत्ता लगाउने उपकरणमार्फत निगरानी भइरहेको छ ।

अपर त्रिशूली–१ आयोजनामा सुरुङको प्रवेशद्वार ढुंगाले छेकिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ । हाकुबेँसीमा विदेशीसमेतको संयुक्त टोलीले सुरुङभित्र २६० मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म केही फेला परेको छैन ।

त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले चारवटा खन्ने मेसिन र एक सानो खन्ने उपकरण प्रयोग गरी माटो हटाउने काम गरिरहेको छ। सुरुङको बाहिरी भागमा लेदो भरिएपछि माटो हटाउने तथा अगाडिको चट्टान विस्फोट गराउने काम भइरहेको छ ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय, आवास तथा शिविर क्षेत्रको पहिचान र खोजी गरिरहेको छ । टोलीले खन्ने मेसिन प्रयोग गरी सम्भावित स्थानमा खोजी कार्य जारी राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै