• २०८३ भदौ १७ बुधबार

भोटेकोशी बाढीपछि अहिलेसम्म १२०४ जनाको शव भेटियो

भोटेकोशी बाढीपछि अहिलेसम्म १२०४ जनाको शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२०४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२०४ जनाको शव फेला परेको हो । जसमा रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७  र नवलपरासी पश्चिममा २०२ जनाको शव फेला परेको छ ।

अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २१६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यसैगरी, ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्यसैगरी अहिलेसम्म जनप्रतिनिधि ७ जना, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ जना र निजी विद्यालयका शिक्षक एक जना सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरेको छ भने बाढीबाट हालसम्म ३०१ घाइते भेएकोमा १९५ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै