• २०८३ भदौ १७ बुधबार

विभाजनतर्फ काँग्रेस, देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

विभाजनतर्फ काँग्रेस, देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेको छ ।

बुधबार चुनदेवीमा बसेको समूहको बैठकमा वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेश निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिए । महाधिवेशनको कार्यतालिका उमाकान्त चौधरीले प्रस्तुत गरेका थिए । 

साउदका अनुसार प्रस्तावित कार्यतालिकामाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । छलफलपछि आवश्यक परिमार्जनसहित कार्यतालिका पारित गरिने उनले बताए । उनले पार्टीभित्रको विवाद समाधानका लागि शेखर कोइराला पक्षलगायत अन्य नेतासँग निरन्तर संवाद भइरहेको पनि जानकारी दिए । महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्तावसमेत गरिएको छ ।

देउवा समुहले महाधिवेशन गर्ने तयारी शुरु गरेपछि काँग्रेस विभाजन उन्मुख भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै