काठमाडौं । प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।
प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए ।
आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।









