• २०८३ भदौ १७ बुधबार

बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशन

बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोसी नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भनेको छ- हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग/सहजीकरण गर्ने व्यवस्था मिलाउनूहुन् यो सूचना जारी गरिएको छ ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै