• २०८३ भदौ १५ सोमबार

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सफ्टी हाइजिन सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ । 

उपभोक्ता माझ अत्यन्तै लोकप्रिय रहेको सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरु कम्पनीले विगत दश वर्षदेखि उत्पादन तथा विक्री वितरण गदै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै