• २०८३ भदौ १५ सोमबार

सुन तोलाको २४ सयले घट्यो

सुन तोलाको २४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी तोलाको ४७८० मा नै कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै