• २०८३ भदौ १५ सोमबार

बहराइन ८७ रनमा अल आउट, सन्दीपले लिए ५ विकेट

बहराइन ८७ रनमा अल आउट, सन्दीपले लिए ५ विकेट

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको हो ।

बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३  र अलि दाउदले १० रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै