काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझसम्म ७९४ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९७ जना र नवलपरासी पश्चिम १२० जना गरी ७९४ जनाको शव फेला परेको हो ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।









