• २०८३ भदौ १४ आइतबार

बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु

बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित क्षेत्रका अधिकांश मोबाइल सेवा केन्द्र सञ्चालनमा आएका छन्।

आज सुचारु भएका सेवाकेन्द्रमा रसुवाका रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी रहेका छन् ।

रसुवा बोर्डर सेवाकेन्द्रबाट नेपाल–चीन नाका, टिमुरे, रसुवा सीमा क्षेत्र तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । त्यसैगरी अपर सेन्जेनबाट चिलिमे, लामागाउँलगायत क्षेत्र, छापथोकेबाट बेत्रावती, त्रिशूली थ्रीबी, उत्तरगया र किस्पाङ तथा जिपजिपेबाट कालिका गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकले मोबाइल सेवा पाउनेछन् ।

गत्लाङ सेवाकेन्द्रबाट गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पागाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसीलगायत क्षेत्रमा सेवा उपलब्ध भएको छ। चारघरे र चारघरे मुलाबारीबाट विदुर नगरपालिका–१२ र १३ मा सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।

विपद्का कारण सञ्चार सेवामा परेको समस्या समाधान गरी सेवा नियमित बनाउन प्राविधिक टोली निरन्तर खटिरहेको नेपाल टेलिकमले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै