• २०८३ भदौ १४ आइतबार

नाइजरमा सैन्य विद्रोहको प्रयास

नाइजरमा सैन्य विद्रोहको प्रयास

काठमाडौँ । पश्चिमी अफ्रिकी देश नाइजरको राजधानी नियामेमा सैन्य विद्रोहको प्रयास भएको छ । राजधानीस्थित महत्वपूर्ण सैन्य अड्डामा केही युवा सैनिकले विद्रोहको प्रयास गरेपछि गोलीबारी र विस्फोटका आवाज सुनिएका थिए ।

राज्य सञ्चारमाध्यमका अनुसार विद्रोहमा संलग्न केही सैनिक मारिएका छन् भने कैयौँ पक्राउ परेका छन् । विद्रोही सैनिकले केही अधिकारीलाई बन्धक बनाएको र संवेदनशील स्थानमा गोली चलाएको बताइएको छ ।

सुरक्षा बलले करिब २४ घण्टापछि स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । विश्लेषकका अनुसार देशमा बढ्दो उग्रवादी हिंसा र सुरक्षा बलका सदस्यको मृत्युका कारण सेनाभित्र असन्तोष बढ्दै गएको छ । सन् २०२३ को सैन्य विद्रोहपछि नाइजरमा सैन्य शासन छ । त्यसयता रूससँग सम्बन्ध बढाए पनि देशमा उग्रवादी हिंसा र सुरक्षा चुनौती कायमै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै