• २०८३ भदौ १३ शनिबार

बाढीपीडितका लागि यी राहत सामग्री उपलब्ध गराउन प्राधिकरणको आग्रह

बाढीपीडितका लागि यी राहत सामग्री उपलब्ध गराउन प्राधिकरणको आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा निकायलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ ।

प्राधिकरणले प्रभावित परिवारलाई तत्काल र छरितो राहत व्यवस्थापन गर्न त्रिपाल, तिरपाल, डोरी, कम्बल, प्लास्टिक सिट, तकिया, सुत्ने झोला, सुत्ने म्याट तथा खाना पकाउने सामग्री आवश्यक रहेको जनाएको छ। खाना पकाउने सामग्रीमा भान्साका सामान तथा ग्यास सिलिन्डरसहितको चुलो समावेश छन् ।

त्यस्तै प्लास्टिक बाल्टिन, प्लास्टिक मग, पानी राख्ने भाँडा, बालबालिकाका सामग्री, किशोरी तथा महिलाका आवश्यक सामग्री, चप्पल, कपडा, मास्क, पञ्जा, सरसफाइ सामग्री, साबुन, सेनिटाइजर, सेनेटरी प्याड, दाँत माझ्ने सामग्री तथा तौलिया पनि आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा उज्यालो र सञ्चार व्यवस्थाका लागि सौर्य प्यानल, सौर्य बत्ती, सौर्य बत्तीको घरायसी प्रणाली, पोर्टेबल विद्युत् उत्पादन यन्त्र, ब्याट्री, टर्च तथा पावर बैंक आवश्यक रहेको छ ।

त्यस्तै, खाद्य सामग्रीतर्फ उच्च ऊर्जा भएका बिस्कुट, तत्काल खान मिल्ने खाद्य पदार्थ, चामल, दाल, आलु, खाने तेल, नुन, सोयाबिन, सुक्खा तरकारी, चिउरा, मसला तथा सुक्खा फलफूल आवश्यक रहेको प्राधिकरणले जनाएको छ । आपत्कालीन यातायातका लागि नदीमा प्रयोग हुने अस्थायी पुलसमेत आवश्यक सूचीमा राखिएको छ ।

प्राधिकरणले सहयोग गर्न इच्छुक दाता, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रलाई समन्वय गरेर मात्र सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । 

प्राधिकरणले राहत सामग्री सङ्कलन, ढुवानी तथा वितरणसम्बन्धी समन्वयका लागि निम्न व्यक्तिसँग सम्पर्क गर्न सकिने जनाएको छ । प्राधिकरणले हवाईमार्फत आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदाममा पुरुषोत्तम भण्डारी- ९८५११४७४७४, चन्द्रबहादुर थापा-९८५१०८४२३० र निरञ्जन निरौला- ९८४३४६५९९१ लाई सम्पर्क गर्न भनेको छ । त्यसैगरी, स्थलमार्गबाट आउने सामग्री काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्यमा प्रहरी निरीक्षक- ९८५१२५३६९९ लाई तथा तालिम केन्द्र वा नुवाकोटको मैथली ब्यारेकमा दिपेन्द्र पौडेल- ९८५६०६७७७०, प्रकाश ढुंगाना- ९८६०६५१९३८, श्यामबाबु केडेल- ९८६४०६४६००, युवराज भण्डारी- ९८४६१०६९२८ र शेखरबाबु ठोकर- ९८५४०४४४९७ लाई सम्पर्क गर्न भनेको छ ।

त्यसैगरी धुञ्चे, रसुवास्थित जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी प्रभावित जिल्लामा सिधै राहत सामग्री उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचीमा उल्लेख नभएका अन्य सामग्री उपलब्ध गराउनुअघि विवरण इमेलमार्फत पठाई स्वीकृति लिएर मात्र उपलब्ध गराउन अनुरोध गरेको छ । प्राधिकरणले सूचीमा उल्लेख नभएका अन्य सामग्री उपलब्ध गराउनुअघि त्यसको विवरण ndrrma@gmail.com मा पठाई स्वीकृति लिएर मात्र उपलब्ध गराउन अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै