काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म ५४७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।
यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ ।









