काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र अमेरिकाबीच रहेको लेक ओन्टारियोको नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
आदेशअनुसार ३० दिनभित्र अमेरिकी सरकारी नक्सा र अभिलेखमा नयाँ नाम प्रयोग गरिनेछ। ट्रम्पले यसलाई यसअघि मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘अमेरिकाको खाडी’ राख्ने निर्णयसँग तुलना गरेका छन् ।
तर क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नाम परिवर्तनलाई अस्वीकार गर्दै आफ्नो देशले उक्त जलाशयलाई लेक ओन्टारियो नै भन्ने बताएका छन् । लेक ओन्टारियो अमेरिका र क्यानडाबीचको साझा ठूलो तालमध्ये एक हो । अमेरिकाले आफ्ना सरकारी अभिलेखमा नाम परिवर्तन गरे पनि क्यानडा वा अन्य देश त्यसलाई मान्न बाध्य हुने छैनन् ।
यो निर्णय अमेरिका र क्यानडाबीच व्यापारिक तनाव बढिरहेका बेला आएको हो। ट्रम्प प्रशासनले क्यानाडाली सामानमा भारी कर लगाएपछि दुई देशबीच विवाद चर्किएको छ ।









