• २०८३ भदौ १२ शुक्रबार

एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग

एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले विपद्को कठिन अवस्थामा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ ।

सहयोग घोषणा गर्दै कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।

कम्पनीले विपद्का बेला नागरिकको जीवनरक्षा र पुनःस्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै