काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३५९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।
यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै प्रहरीले हाल काठमाडौँका विभिन्न अस्पतालमा कुल ६३ जना उपचाररत रहेको बताएको छ ।









