• २०८३ भदौ ११ बिहीबार

भोटेकोशी बाढीमा २८८ भारतीय नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीमा २८८ भारतीय नागरिक सम्पर्कविहीन

काठमाडौँ । भारतले भोटेकोसीमा आएको बाढीमा अहिलेसम्म आफ्ना २८८ नागरिक सम्पर्कविहीन रहेको बताएको छ । 

भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालको बाढीमा बेपत्ता भएका आफ्ना नागरिक बारे विवरण दिएको हो ।

भारतीय  विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सम्पर्कविहीन रहेका भारतीय नागरिकमध्ये ७३ जना त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत रहेको बताएका छन् । 

त्यस्तै सम्पर्कविहीन हुनेहरुमा कैलाश मानसरोवर यात्रामा गएका तमिलनाडुका ३७ र ४९ जनाको अलग अलग समूहमा सम्राट ट्राभल्स र फ्लाई एभरेस्ट ट्राभल्समार्फत यात्रामा गएका भारतीय नागरिक सम्पर्कमा नरहेको प्रवक्ता जैसवालले जानकारी दिएका छन् ।

त्यस्तै, पश्चिम बंगालका ३२ जना भारतीय नागरिक पनि सम्पर्कमा छैनन् । उनीहरूपनि सम्राट ट्राभल्सको सहयोगमा टिमुरेबाट सम्पर्कविहीन भएको उनले जनाएका छन् । यसका अतिरिक्त भारतका विभिन्न प्रदेशका ६१ जना नागरिक रिचा टुर्समार्फत नेपाल पुगेको र केरेलका ३३ जना भारतीय नागरिक पनि सम्पर्कविहीन रहेको उनले बताएका छन् । 

भारत सरकार नेपाली अधिकारीहरूमार्फत आफ्ना नागरिकसम्म पहुँचको अधिकत्तम प्रयास गरिरहेको बताएको छ ।

बिहीबार अपराह्न १ बजेसम्ममा २१ जना भारतीय नागरिकको सफल उद्धार समेत भएको उनले जानकारी दिएका छन् । उनीहरुलाई काठमाडौं ल्याइसकेपछि यथसक्य छिटो भारत ल्याइपुर्‍याउने तयारी रहेको जैसवालले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै