• २०८३ भदौ ११ बिहीबार

देउवा र खड्काको काँग्रेस महाधिवेशन रोक्ने निवेदनमा सुनुवाई शुरु

देउवा र खड्काको काँग्रेस महाधिवेशन रोक्ने निवेदनमा सुनुवाई शुरु

काठमाडौं । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । 

विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।  देउवा र खड्काले गत मंगलबार पूरक निवेदन दर्ता गरेका थिए । 

देउवा र खड्काले कांग्रेस विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गरिएको भन्दै महाधिवेशन अगाडी नबढाउन अन्तरिम आदेशको माग गरेका छन् ।

देउवा र खड्काले यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशन एवं  निर्वाचन आयोगले वैधता दिनेगरी सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसलामा दिएको पुनरवलोकन निवेदनमा सर्वोच्चले निस्सा दिएको छ ।

आजको सुनुवाईपछि सर्वोच्चले कांग्रेसको महाधिवेशन प्रक्रिया रोकिने या नरोकिने भन्ने विषयमा आदेश दिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै