• २०८३ भदौ १० बुधबार

पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकखण्ड रातिमा बन्द

पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकखण्ड रातिमा बन्द

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा रातिमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले बुधबार रातिदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।

बाढीका कारण धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा सडकमा लेदो जमेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै