• २०८३ भदौ १० बुधबार

प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सुचना प्रकाशित गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।

भोटेकोशीमा आएको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

संघीय संसद सचिवालयले भनेको छ- 'मिति २०८३ भदौ ११ गते बिहीबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै