• २०८३ भदौ १० बुधबार

श्रीलंकाका अलराउन्डर सहान काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

श्रीलंकाका अलराउन्डर सहान काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं । काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचचिगेलाई भित्र्याएको छ ।

बुधबार काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत ३० वर्षीय सहानलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । सहानले श्रीलंकाका लागि पाँच एकदिवसीय र एक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अन्तर्राष्ट्रिय अनुभव कम भएपनि सहानले हालै सम्पन्न लंका प्रिमियर लिग (एलपिएल) मा गाल ग्लाडिएटर्सलाई पहिलोपटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्दै ११ खेलमा २४० रन बनाएका थिए ।

काठमान्डु गोर्खाजले भित्र्याएका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि भारतका विकेट किपर ब्याट्सम्यान केएस भरतलाई भित्र्याएको थियो ।

करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै