• २०८३ भदौ ८ सोमबार

राप्रपाले बागमतीका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्‍यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ ।

पदमुक्त हुनेमा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ रहेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै केन्द्रीय अनुशासन समितिको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको राप्रपाले जनाएको छ ।

उनीहरूलाई पदमुक्त गरिएको सम्बन्धी पत्र सोमबार बागमती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । उपसभामुखको आदेशमा उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्तासमेत गरिएको राप्रपाले जनाएको छ ।

यसअघि राप्रपाले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै