काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार अपराहन्न धादिङको गजुरीस्थित नेपाली सेनाको भैरवनाथ गणमा केही समय रोकिएर फेरी पोखरातर्फ लागेका हुन् ।
उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह निजी यात्रामा निस्किका छन् । निजी यात्रा भएकाले जिल्लाका सुरक्षा निकायमा कुनै खबर नगरिएको बताइएको छ । कास्कीको सुरक्षा संयन्त्रले पनि प्रधानमन्त्रीको आगमन बारे कुनै पूर्व जानकारी नभएको बताएको छ ।









