काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई समेत बोलाइएको समितिले जनाएको छ ।
बिहान साढे ९ बजेदेखि बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सुचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









