• २०८३ भदौ ३ बुधबार

बार्सिलोनाले गर्यो रोड्री भित्र्याएको घोषणा

बार्सिलोनाले गर्यो रोड्री भित्र्याएको घोषणा

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई भित्र्याएको घोषणा गरेको छ । 

बार्सिलोना र सिटीबीच रोड्रीको स्थानान्तरणका लागि तेस्रो प्रयासमा सहमति बनेपछि बार्सिलोनाले औपचारिक रुपमा घोषणा गरेको हो ।

सम्झौताअनुसार बार्सिलोनाले रोड्रीका लागि करिब ८ करोड ७ लाख डलर तिर्ने बताइएको छ । बार्सिलोनाले यसअघि रोड्रीका लागि दुईपटक प्रस्ताव गरेको थियो, तर दुवै असफल भएका थिए । तेस्रो प्रस्तावपछि भने दुई क्लबबीच सहमति बनेको हो । 

यससँगै ३० वर्षीय रोड्री अब औपचारिक रुपमा बार्सिलोनाका खेलाडी बनेका छन् । रोड्रीसँगै जोआओ कान्सेलो पनि स्वतन्त्र खेलाडीका रूपमा बार्सिलोनामा फर्किने तयारीमा छन् । यस गर्मीमा बार्सिलोनाले यसअघि एन्थोनी गोर्डन, करिम अदेयेमी र जेसी बिसीवुलाई भित्र्याइसकेको छ । रोबर्ट लेवान्डोव्स्की र फेरान टोरेस बाहिरिएपछि बार्सिलोना अझै एक अग्रपंक्तिका खेलाडीको खोजीमा छ । एट्लेटिको मड्रिडका जुलियन अल्भारेज क्लबको मुख्य लक्ष्य रहेको बताइएको छ ।

रोड्री सन् २०१९ मा म्यानचेस्टर सिटी पुगेका थिए । उनले सिटीबाट चारपटक इंग्लिस प्रिमियर लिग र एकपटक युरोपेली च्याम्पियन्स लिग जितेका छन् । स्पेनसँग युरोपेली च्याम्पियनसिप र विश्वकप जितेका रोड्रीले सन् २०२४ मा बालोन डी’ओरसमेत जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै