धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो । यसबारे छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ ।
विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने तयारीसमेत मुख्यमन्त्री भट्टले गरेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
केन्द्रमा भएको सहमति अनुसार नेकपा नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।









