चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।
आइतबार बिहान करिब ६: ४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।
बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजी गर्ने क्रममा बिहान करिब साढे ११ बजे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।









